![]()
२०७६ पुस १३, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृशोक परेको छ । उनका बुबा देवीप्रसाद पाठकको पौष ११ गते ९३ वर्षको उमेरमा निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको हो । स्व.पाठक सरस्वती प्रावि बुद्धशान्ति–२ का संस्थापक हुनुका साथै विभिन्न संघ संस्थामा आवद्ध रहेका थिए ।
स्व.पाठकका श्रीमती लक्ष्मीदेवी पाठक, छ जना छोरा बुहारीहरु नन्दलाल – तारा , डिल्लीराम –गौरा, कमला, कवि–शान्ता, चिन्तन–कमला, टिका–विन्दा र भिष्म–भिमा पाठक रहेका छन् । त्यस्तै दुई छोरी ज्वाईंहरु गोमा–गंगा कँडेल र सिता – डिल्लीराम विमली रहेका छन् ।
उनका १० नाती, ६ नातीनी बुहारी, ११ नातीनी ८ नातीनी ज्वाईं , १२ पनाती, ६ पनातीनी रहेका छन् । स्व.पाठकका छोराहरुमध्ये चिन्तन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष, टिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष, कवि नेपाल विमा संस्थानका सिइओ हुन् ।


