Breaking News.... EverestOnlineKhabar
May 1, 2026

स्वाइनफ्लुको संक्रमणबाट एक महिलाको मृत्यु

Loading

काठमाडौं, ८ माघ । ओम अस्पतालमा स्वाइनफ्लुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ओम अस्पतालको आईसीयुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको हो ।

राजधानीमा दुई महिनामा डेढसय भन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइनफ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ ।

चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन जटिल रहेको दावी गरेका छन् ।  तीन दिनअघि ओमकै आइसीयुमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed