![]()
काठमाडौं, ८ माघ । अनशनरत् डा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत् डा. केसीले त्यहीँबाट मंगलबार भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका हुन् । उनले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल गरेका छन् ।
विगत १४ देखि अनशनरत् डा. केसीलाई आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो । सोमबारदेखि उनलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ । उनी विगतमा यही भवनमा अनशन बसेका थिए ।


