Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेसले सदनमा अवरोध कायम :आफ्ना नेताहरुको नाममा रहेका अस्पतातलाई केन्द्र सरकारको मातहत ल्याउन माग

Loading

काठमाडौँ — आफ्ना नेताहरुको नाममा रहेका अस्पतातलाई केन्द्र सरकारको मातहत ल्याउन माग गर्दै कांग्रेसले सदनमा अवरोध कायम राखेको छ । अरुले बेला आ-आफ्ना स्थानबाट उठेर विरोध गरे पनि मंगलबार भने कांग्रेस सांसद वेल घेराउमा पुगे । सभामुख कृष्णबहादुर महराले अवरोधका बीच बैठक सञ्चालन गर्ने छनक पाएपछि उनीहरुले वेल घेराउमा पुगेका थिए । विपक्षी सांसदहरु नाराबाजी अगाडि बढ्दा केहीबेर मर्यादापालकसँग ठेलमठेल भए ।उनीहरुको अवरोध जारी रहेपछि सभामुखले बैठक चलाउन सकेनन् । र, १५ मिनेट स्थगितको घोषणा गरे । कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउन माग गर्दै सोमबार पनि संसद् अवरुद्ध पारेको थियो । केपी ओली नेतृत्वको सरकारले कांग्रेस नेता भएकै कारण दुई अस्पताललाई केन्द्र सरकारबाहिर राख्ने विभेद निर्णय गरेको उनीहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed