Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं : फरक विषयमा निर्माण गरिएको फिल्म ‘गरुड पुराण’ शुक्रबारबाट देशभरबाट प्रदर्शनमा आउँदै छ। फिल्म सुवास कोइरालाले निर्देशन गरेका हुन्। फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाइएको छ।

‘माघ महिना विवाहको मौसम भएको र यो फिल्म बाजा बजाउनेहरूको कथामा आधारित रहेकाले विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको हो। फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा विश्वस्त छौं’, निर्देशक कोइरालाले भने।अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, आकाश बराल र सुवासको हो। यसको संवाद आकाशले लेखेका हुन्।

यो फिल्मको म त पिरेममा…गीत अहिले चर्चामा छ। निश्चल बस्नेतसहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोसिस क्षत्रीको संगीत, कोसिस र मनीषा पोखरेलको स्वर छ।

यो फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन्। यस्तै कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ। यही फिल्मबाट प्रियका सिंहले डेब्यु गरेकी छन्।गरुड पुराणका छायाकार सुसन प्रजापति हुन्। रिनाशा वान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण व्यवस्थापन रहेको छ। केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेर साँझ सेन्सर गरेको हो। समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाइडेड’ (पीजी) सर्टिफिकेट दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed