Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मुलाको पातले : स्वास्थ्यलाई विभिन्न खालका फाइदाहरु पुर्याउँछ

Loading

मुला हाम्रो लागी कुनै नयाँ तराकारी हैन । यसलाई हामी तरकारी बनाउन , सलाद बनाउन र अचार बनाउन प्रयोग गर्ने गर्छौं । मुलालाई हामी प्रयोग गर्दा यसको हरियो पातलाई भने हामी फाल्ने गर्छौं । तर हाम्रो लागी यसको हरियो पात निकै नै लाभकारी छ । यसले हाम्रो स्वास्थ्यलाई विभिन्न खालका फाइदाहरु पुर्याउँछ । त्यसैले हामीले यसलाई फाल्नुको सट्टा प्रयोग गर्न जान्नुपर्छ ।

मुलाको पातले हामीलाई गर्ने फाइदाहरु यस्ता छन् :

१) मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यान्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

२) मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुष हुदैन ।

३) पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ । गुद्वारमा यसको पत्ता पिसेर लगाउनाले पनि फाइदा गर्छ ।

४) यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

५) यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । केस र्झनबाट समेत यसले रोक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed