Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

मुम्बई : बलिउड अभिनेत्री कंगना रनावत आफ्नो आगामी फिल्म मणिकर्णिका (द क्विन अफ झाँसी) को प्रोमोसनमा व्यस्त छिन्। कंगना यो फिल्मबाट निकै आशावादी छिन्। उनको पछिल्लो फिल्म बक्स अफिसमा सफल भएको थिएन।

फिल्मको प्रोमोसनका क्रममा कंगनाले रोशन परिवारसँगको विवाद, करण जोहरसँगको खटपट र आदित्य पन्चोलीसँग जोडिएको आफ्ना यादका बारेमा खुलासा गरेकी छन्।

कंगनाले भनिन्, ‘जब बलिउडमा भाइभतिजावादको कुरा आयो तब करण जोहरले आफैं आएर मसँग माफी मागे। मैले मणिकर्णिकाको सुटिङ सुरु गर्दा ‘ओपन लेटर’ को सामना गर्नुपर्‍यो। कोही व्यक्ति बलिउडबाट मलाई हटाउन चाहन्थे। म सुपर सटार थिइनँ तर मलाई आफ्नै सहकमी कलाकारसँग संघर्ष गर्नुपर्‍यो।’

कंगनाले ऋतिक र उनका पिता राकेश रोशनसँग भएको आफ्नो कानुनी लडाइँबारे पनि खुलेर बोलिन्। कंगनाले भनिन्, ‘लडाइँको क्रममा रोशन परिवारले आफूलाई बर्बाद पारिदिने घम्की दियो। तर त्यस्तो केही गर्न भने सकेनन्।’

कंगनाले मणिकर्णिकाको सेटमा भएको सोनु सुदसँगको झगडा र आदित्य पञ्चोलीका बारेमा पनि बोलिन्। कंगनाको फिल्म मणिकर्णिका २५ जनवरीमा रिलिज हुँदैछ। यो फिल्मको केही दृश्यको निर्देशन पनि कंगनाले गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed