Breaking News.... EverestOnlineKhabar
April 30, 2026

दोस्रो पटक घोषित समयमा पनि महाधिवेशन गर्न नसकिएपछि नेविसंघभित्र भाँडभैलो

Loading

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आउन एक महिना मात्रै बाँकी छ। तर नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टी नेताको स्वार्थको सिकारमा परेका छन्। दोस्रो पटक घोषित समयमा पनि महाधिवेशन गर्न नसकिएपछि नेविसंघभित्र भाँडभैलो छ।

पार्टी सभापति शेरबहादुर देउवाले १० गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नेविसंघबारे ठोस निर्णय गर्ने भन्दै नेविसंघका पदाधिकारीलाई थामथुम पार्दै आएका छन्। दोस्रो पटक घोषित महाधिवेशन २८ पुसमा सम्भव नदेखिएपछि नेविसंघका आठ पदाधिकारीले २७ पुसमा सभापति देउवालाई भेटेर राजीनामा दिएका थिए।

राजीनामा दिने पदाधिकारी सबै सभापति देउवा पक्षमै देखिएका थिए। बुधबार मात्रै माघ १० सम्म कामचलाउमा परिणत भएपछि बिहीबार बिहानै नेविसंघको काठमाडौं अध्यक्षसहितको एउटा खेमाका विद्यार्थी नेता सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलकहाँ पुगेर धर्ना दिए। उनीहरूले तदर्थ समिति बनाउन माग गरेका थिए।

नेविसंघ अध्यक्ष नैनसिंह महर पनि देउवा निकट हुन्। महरले वर्तमान कार्यसमिति निर्वाचित भएकाले आफ्नो नेतृत्वले महाधिवेशन गराउन पाउनुपर्छ भन्नेमा जोड दिएका छन्। तर उनकै पक्षका पदाधिकारीले यो कार्यसमितिले महाधिवेशन गराउन नसकेको भन्दै राजीनामा दिएका छन् ।यता वरिष्ठ नेता पौडेल पक्षका नेविसंघ सदस्यले समेत २८ पुसपछि सामूहिक राजीनामा दिएका छन्। उनीहरूले पनि कार्यसमितिले महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन्।

पार्टीले सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेविसंघ निर्देशक समिति गठन गरेको थियो। समितिले अब नेविसंघमा ३२ बर्से उमेरहद लगाउने प्रस्ताव गरेर बहुमतबाट पारित गराएका थिए। फागुनमा स्ववियु निर्वाचन हुने भएकाले नेविसंघको महाधिवेशन चैतपछि मात्रै हुने देखिन्छ। यही नेतृत्वलाई निरन्तरता दिएर स्ववियु निर्वाचनमा जाने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा पार्टीको केन्द्रीय शीर्ष नेता बाँडिएका हुन्।

अर्का नेता कृष्णप्रसाद सिटौला भने वर्तमान कार्यसमितिलाई नै म्याद थपेर महाधिवेशन गराउनुपर्ने पक्षमा छन्। सभापति देउवा भने महाधिवेशन गराउने पक्षमा देखिए पनि उनी पक्षकै केही नेता विभाजित छन्। सभापति देउवा र महामन्त्री पूर्णबहादुर खड्का महर नेतृत्वकै कार्यसमितिले महाधिवेशन गराउनुपर्ने पक्षमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed