Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी पाँचौँपटक गोल्डेन बुट अवार्ड जितेका छन् । उनी गएको सिजन युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै अवार्ड पाउने निश्चित भएको थियो ।

मेस्सीलाई गोल्डेन बुट अवार्ड  एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । अर्जेन्टिनाका मेस्सीले गएको सिजन ला लिगामा ३६ खेलमा ३४ गोल गरेका थिए । उनले लिभरपुलका मोहम्मद सालहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सालहले गएको सिजन प्रिमियर लिगमा ३२ गोल गरेका थिए । मेस्सी पाँचौँपटक युरोपका शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् ।  उनले गोल्डेन बुटको दौडमा अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोले चारपटक गोल्डेन बुट जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed