![]()
बीबीसी । न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोप लगाएकी छन्। ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन्।
ट्रम्प र उनको परिवारमाथि लागेका थुप्रै कानुनी मुद्दामध्ये यो केवल एउटामात्रै हो। अन्यमा, संघीय जाँच ब्यूरोका प्रमुख रबर्ट मलरले नेतृत्व गरेको विशेष टोलीले अनुसन्धान गरिरहेको ट्रम्पको चुनावी अभियानमा रुससँगको साँठगाँठ लगायत छन्।
महान्यायाधीवक्ता अन्डरउडले ट्रम्प र उनका सन्तानविरुद्धको मुद्दा जारी रहने बताएकी छन्। एउटा विज्ञप्तिमा उनले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी छन्।
उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताएकी छन्। उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्त्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन्।
गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए।


