Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पेनाल्टी सुटआउटमा लेष्टरलाई हराउँदै म्यानचेष्टर सीटी सेमीफाइनलमा

Loading

एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटी इएफए कप (काराबाओ कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टर सिटीलाई टाई ब्रेकरमा हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी अन्तिम चारमा पुगेको हो ।

लेस्टरको मैदानमा भएको क्वाटर फाइनलको निर्धारित र थप गरिएको समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । १४ औँ मिनेटमा केविन डी ब्राउनको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । पछि परेको लेस्टरका लागि ७३ औँ मिनेटमा मार्क अलब्राइटनले बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलियो ।

पेनाल्टीमा लेस्टर कमजोर देखियो । किङ्ग पावर स्टेडियममा लेस्टर टाइब्रेकरमा ३–१ ले पराजित भयो । लेस्टरले तीनवटा पेनाल्टीमा गोल गर्न सकेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed