![]()
एजेन्सी । रणबीर सिंह विवाहपछि आजकाल रिलिजको संघारमा रहेको फिल्म सिम्बाको प्रोमोशनमा व्यस्त छन् । फिल्मको प्रामोशनका लागि उनले कुनै कमी छोडेका छैनन् । यसै सिलसिलामा रणबीर सिंह नबोलाइएको विवाहमा पनि सरिक भए । सोसल मिडियामा रणबीरको यो खबरबारे निकै चर्चा भइरहेको छ ।
रणबीर सिम्बा फिल्मको प्रोमोशनको सिलसिलामा मुम्बईको एक होटलमा बसेका थिए । यसै होटलमा एउटा विवाहको भइरहेको थियो । रणबीर त्यही विवाहमा पुगेर दुलहा–दुहलीसमेत विवाहमा उपस्थित सबैलाई चकित तुल्याए । रणबीरले दुलहा–दुलहीलाई भेटेर बधाई पनि दिए र पाहुनासँग फोटो पनि खिचाए ।


