Breaking News.... EverestOnlineKhabar
April 30, 2026

निर्मलाको हत्या स्वीकार गरेका रावल र चौधरीको ‘डीएनए’ म्याच भएन, एसपी बिष्ट पक्राउ पर्न सक्ने

Loading

काठमाडौं । कञ्चनपुर  कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको पाइएको छ ।  निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग उनीहरुको डीएनए नमिलेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले प्रदीपलाई मंसिर २० मै काठमाडौंमा पक्राउ गरेको थियो भने विशाललाई मंसिर २१ मा कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो ।

मंगलबार र वा बुधबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा प्रदीप र विशालको डीएनए रिपोर्ट खोल्ने तयारी छ । निर्मला हत्या अनुसन्धानका क्रममा हालसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १० जना बढीको डीएनए परीक्षण गरिएको थियो ।

पछिल्लो समय ‘भेजिनल स्वाब’ संकलन प्रक्रिया नै गलत त थिएन भन्ने प्रश्नसमेत उठ्न थालेको छ । सरकारका लागि निकै दबाबको घटनाको रुपमा आएको निर्मला हत्याकाण्ड झन् पेचिलो बन्दै गएको छ ।

प्रहरीसँगको बयानमा भने प्रदीप र विशालले निर्मलाको हत्या आफैंले गरेको ‘स्वीकार’ गरेका थिए । निर्मला हत्याकाण्डको अनुसन्धानमा क्रममा प्रहरीले अझै केही व्यक्तिलाई निगरानीमा राखिरहेको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै आमा दुर्गादेवी पन्तले प्रहरीमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले जाहेरी दिएका हुन् । बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट र निलम्बनमा रहेका डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएकी हुन् । जाहेरी परेकाहरुलाई कुनैपनि बेला प्रहरीले पक्राउ गर्न सक्ने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed