Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बिधान विवादका कारण कांग्रेस महासमिति बैठक प्रभावित, महासमिति सदस्यहरु केन्द्रीय समितिप्रति आक्रोशित

Loading

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन । महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा त्यसको छलफल नै प्रारम्भ हुन सकेको छैन ।

पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भईरहे पनि अन्तिम सहमति जुट्न नसक्दा महासमितिको बैठकमा त्यस विषयले प्रवेश पाउन नसकेको हो । पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले कुरा भइरहेको छ । तर त्यसको निर्वाचन पद्दतीमा कुरा मिल्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य इतरका सबै निर्वाचित हुनुपर्ने पक्षमा छन् । पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका विषयमा पनि नेताहरुबीच कुरा बाझिएको छ ।

कांग्रेसको वर्तमान विधानमा असाधारण अवस्थामा चार वर्षे कार्यकाललाई पाँच वर्ष बनाउन सकिने छ । महासमितिको बैठकबाट विधान पारित हुने बित्तिकै कार्यन्वयनमा आउने भएकाले वर्तमान परिस्थितिलाइ असाधारण भन्न नमिल्ने पौडेल पक्षको मत छ भने असाधारण व्यवस्थाको परिभाषा वर्तमान विधानकै जस्तो हुने देउवा पक्षको मत छ ।

त्यस्तै सदस्यताको विवाद पुनरावलोकनको विषयमा पनि विवाद देखिएको छ । पुनरावलोकन तल्लो तहको सिफारिसमा गर्ने की केन्द्रले सिधै गर्ने भन्ने विषयमा पनि विवाद बढेको छ ।

विधानकै विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठक सकिने दिन भईसक्दा पनि विधान प्रस्तुत नभएपछि  सदस्यहरु भने पार्टी नेताहरुप्रति आक्रोसित भएका छन् । अन्य प्रस्तावमा अब लगभग सहमतिबाटै टुंग्ने लाग्ने दिशामा महासमितिमा छलफल भए पनि विधान संसोधनको विषय थप पेचिलो बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed