Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको बुधवार अन्तिम संस्कार गरिने, प्रधानमन्त्री ओली र पूर्वराजा शाहद्वारा दुःख व्यक्त

Loading

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधबार  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । बुधबार दिउँसोे तीनबजे पशुपतिको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो । उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली,  पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले दुःख व्यक्त गरेका छन् ।

डा. गिरीको अन्तिम संस्कारमा राजकीय सम्मान दिइने वा नदिइने कुराको टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed