Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौँ  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले मंगलबारपनि पार्टी नेतृत्वको चर्काे आलोचना गरेका छन् । मंगलबार बोलेका आठजना स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी सञ्चालनमा नेतृत्वले गम्भीर लापवार्ही गरिरहेको भन्दै आक्रोस पोखे ।

बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेश गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताए । उनले सरकार सञ्चालनमा गम्भीर लापवार्ही गरिएको बताए ।

अर्का नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदण्ड अनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेको भन्दै त्यसलाई रोकिनुपर्ने बताए । उनले एकताको घोषणा गरिएको लामो समय भइसक्दा समेत पार्टी एकतामा ढिलाई हुनुमा नेतृत्व नै दोषी रहेको आरोप लगाए ।

सोमबार बसेको बैठकमा पनि नेताहरुले नेतृत्वको कार्यशैलीप्रति विरोध जनाउदै सरकारका गतिबिधीहरु विवादास्पद भएको टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed