Breaking News.... EverestOnlineKhabar
April 30, 2026

जयपुरीको फोनपछि डा. केसीको अनशन स्थगित, चार दिन भित्र माग पूरा गर्न अल्टिमेटम

Loading

काठमाडौं।  पुस ३ गतेदेखि अनशन बस्ने तयारी गरेका डाक्टर गोविन्द केसीको अनशन केहीदिन पर धकेलिएको छ ।  डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् ।

केसीले घर्तीका सहयोगी डा. अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन दिन आग्रह गरेकी हुन् । केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य कुर्न तयार देखिएका छन् । डा केसीले गत मंसिर १० गते नै पत्रकार सम्मेलनमार्फत आफ्ना ३ बुँदे माग अगाडि सार्दै सो माग पुस २ भित्र पुरा नभए पुस ३ देखि  १६ औँ अनसन सुरु गर्ने बताएका थिए ।

सरकारले अबको केही दिनमा आफ्नो माग सम्बोधन नगरे ४ दिन पछि अनशन बस्ने केसी पक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed