Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नेकपा स्थायी कमिटीमा ओली र प्रचण्डको संयुक्त तथा गौतमको प्रतिवेदनमाथि छलफल प्रारम्भ, गौतमको प्रतिवेदनप्रति ओली असन्तुष्ट

Loading

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेता बामदेव गौतमको प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको छ । यसअघिको बैठकमा स्थायी समिति सदस्यहरुलाई प्रतिवेदन अध्ययनका लागि प्रदान गरिएको थियो ।

बैठकमा दुईवटा प्रतिवेदन गएपछि स्थायी कमिटी नै दुई भागमा बिभाजित भएको छ ।  सोमबारको बैठकबाट दुवै प्रतिवेदनमाथि बोल्ने सदस्यहरुले सरकार र पार्टी संचालन प्रभावकारी हुन नसकेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन । खासगरी वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम पक्षधर नेताहरुले राजनीतिक, सांगठनिक र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन । अध्यक्ष ओली पक्षधर नेताहरुले भने अध्यक्षको प्रतिवेदनको बचाउ गर्दै सरकार र पार्टी ठीक ढंगले अघि बढेको तर्क गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed