![]()
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार आठौं खेलमा पनि हार ब्यहोरेको छ । हिमालयन शेर्पा क्बलसँग एनआरटी १–० गोलअन्तरले पराजित भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे ।
जितसँगै हिमालयन शेर्पा क्लबले नवौं खेलबाट १४ अंक बनाएको छ । त्यस्तै, हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ । लिगको पुछारमा रहेको एनआरटी अझै जितविहीन रहेको छ ।
आफ्नो पहिलो खेलमा बलियो टोली आर्मीसँग २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयता लगातार आठौं खेलमा हार ब्यहारेको हो ।


