Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पूर्वराजा पोखरामा, बिमानस्थलमा भव्य स्वागत, राजसंस्थाको माग गर्दै सडकमा नाराबाजी

Loading

काश्की । निजी भ्रमणमा पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा एयरपोर्टमा भव्‍य स्वागत गरिएको छ। उनको स्वागतमा विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली काँग्रेस वि.पि, शिवसेना नेपाल, धार्मिक संघ संस्था लगायत सयौं समर्थकहरु पूर्वराजाको स्वागतमा जुटेका थिए।

विमानस्थल अगाडि स्वागतमा जुटेका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,राजा आऊ देश बचाऊ’भन्दै नारा लगाएका थिए। उनीहरुले हिन्दु राष्ट्रको माग र गणतन्त्र विरोधि नारा पनि लगाएका थिए।

उनका साथ बडा महारानी कोमल शाह पनि रहेकी थिइन्। उनी पोखराको माउण्ट ग्लोरी होटलमा २ साता बस्ने मुल आयोजक समितिका संयोजक केशव भण्डारीले जानाकारी दिए। उनले पोखराका विभिन्‍न पर्यटकीय स्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed