Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बिधान मस्यौदामा कांग्रेस केन्द्रीय समिति अनिर्णित, अब महासमितिले नै छिनोफानो गर्ने

Loading

काठमाडौँ । नेपाली कांग्रेसमा विधानको मस्यौदामा सहमति नजुटेपछि महासमितिमै छलफल गरेर टुंग्याइने भएको छ । दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा ८ पदाधिकारी राख्ने सहमति जुटे पनि त्यसको निर्वाचन पद्धति कस्तो हुने भन्ने विवाद भने टुंगिएको छैन।

दुवै पक्षको छलफलमा सभापति, उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्ने सहमति जुटेको थियो। संविधानको व्यवस्थाअनुसार सबै पदाधिकारी निर्वाचनबाटै आउनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छ भने संस्थापन पक्ष उपसभापति, महामन्त्री, सहमहामन्त्री एक/एक र कोषाध्यक्ष सभापतिबाट मनोनयन गर्नुपर्नेअडानमा छ।

छलफलमा भएको सहमतिलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार नै बस्ने बैठकले अनुमोदन गरेर महासमिति बैठकमा प्रस्तुत गर्ने कार्यक्रम भएपनि सहमति नजुटेपछि कार्यसमितिको बैठक समेत बस्न सकेन ।  सहमति नभए महासमितिमा यसको निर्णय गर्न मतदान नै हुने सम्भावना  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed