![]()
एजेन्सी।स्पेनिस ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन गरेपछि लिगलिडर बार्सिलोनाले सहज जित हात पारेको छ । लेभान्टेसँग ५–० को जित दर्ता गर्दा मेस्सीले ह्याट्रिक पूरा गरे ।
खेलको ३५ औं मिनेटमा लुुइस सुुवारेजको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि ४३ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । पहिलो आफमा २–० अग्रता बनाएको बार्सिलोनाले दोश्रो हाफमा लेभान्टेविरुद्ध थप दवाव बढायो । दोश्रोहाफको दोश्रो मिनेटमा नै मेस्सीले गोल गर्दै व्यक्तिगत दोश्रो तथा बार्सिलोनालाई ३–० ले अगाडि बढाए । त्यसपछि पनि बार्सिलोनाले लेभान्टेलाई उसैको मैदानमा दवाव दिन छाडेन । अटुरो भिडालको पासमा कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै ह्याट्रिक पूूरा गरे । यो मेस्सीको ला लिगाको ३१ औं ह्याट्रिक हो ।
८८ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को नतिजा दिए । यस सिजन मात्रै ला लिगामा मेस्सीले १४ गोल गरिसकेका छन् ।


