Breaking News.... EverestOnlineKhabar
April 30, 2026

फिलिपिन्सकी क्याट्रिओना ग्रेले मिस युनिभर्स बन्न सफल, नेपालकी मनिता टप १० मा सीमित

Loading

एजेन्सी ।  मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १० मा पुगेकी थिइन् । उनको यात्रा टप १० सम्म मात्रै रह्यो । अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed