Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । ३३ किलाे सुनसहित भारतमा २ जना नेपाली पक्राउ परेका छन्। गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्।

दुबैलाई भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको थियो । उनीहरूलार्इ दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ। उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको हुन पनि सक्ने अशंका गृह मन्त्रालयले गरेकाे छ।

पश्चिम बंगालस्थित दनकुनी प्लाजा नजिकबाट कोलकाता–दिल्ली सिधा रेलवे स्टेशन छ। उक्त सुन दिल्ली लैजान प्लाजामा राखिएको हुनसक्ने आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed