Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । इन्टरनेट सुविधामा ठूलो सुधार ल्याउन भारतले देशको सबैभन्दा भारी स्याटलाइट पृथ्वी बाहिर पठाएको छ । ५,८५४ केजी तौल भएको जीएकएटी–११ भारतको सबैभन्दा आधुनिक मल्टिब्यान्ड संचार स्याटलाइट हो । अब यसलाई महिनाको अन्त्यसम्म भूगर्भीय सतहमा राखिने र त्यसपछि यसमा रेडियो सिग्नल बदल्ने उपकरण सुचारु गरिने बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार भारतका पहाडी भेगदेखि विकट टापुसम्मका अति ग्रामीण क्षेत्रमा पनि यसले इन्टरनेट पुर्याउन मद्दत गर्नेछ जहाँ पहिलाको ब्रोडब्यान्ड सेवा उपलब्ध थिएन । यसका साथै आपत्कालीन अवस्था र प्राकृतिक प्रकोपका समयमा समेत प्रभावकारी साबित हुने विश्वास गरिएको छ । त्यसैगरी यो स्याटलाइटले भारतभर हवाइ यात्रा गर्दा पनि इन्टरनेट कनेक्सन प्रदान गर्न सक्नेछ ।

सो स्याटलाईटलाई बोक्नका लागि भने भारतले फ्रान्सबाट विशेष रकेट मंगाएको थियो किनकी उनीहरुसँग त्यति भारी उपकरण बोक्ने कुनै यन्त्र थिएन । सो स्याटलाइले अब १५ वर्षसम्म काम गर्ने अपेक्षा गरिएको छ ।

भारतमा हाल ४४ करोड इन्टरनेट प्रयोगकर्ता छन् र २०२२ सम्ममा यो सङ्ख्या दुई गुनाले बढ्ने अनुमान गरिएको छ । तर इन्टरनेटको गति सुस्त हुँदा र कतिपय ठाउँमा इन्टरनेट पहुँच नहुँदा त्यस्ता क्षेत्र प्रभावित रहँदै आएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed