Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इपिएल : काठमाडौं प्लेअफमा, भैरहवा ७ विकेटले पराजित

Loading

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा  भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।

खेलमा भैरहवाले दिएको १ सय ५० को लक्ष्य काठमाडौंले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंलाई जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक प्रहार गरे । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित  ५१ रन बनाए ।

यस्तै कप्तान रोहन मुस्तफाले ३६ रन जोड्दा सागर पुनले १३ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमाएको थियो ।

ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने हरिशंकर शाह ४ रनमा आउट भए । ४० रन बनाउँदा तेस्रो विकेट गुमाएको भैरहवालाई उकास्न रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरले १ सय ९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए ।

रवीइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक–एक विकेट लिए । जितसंगै एक खेल खेल्न बाँकी छँदै प्ले अफमा पुगेको काठमाडौले ६ अंक जोडेको छ  । योसँगै काठमाडौं प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ । भैरहवा र ललितपुर यसअघि नै प्ले अफमा पुगिसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed