Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।  ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले चौथो जित निकालेको छ । शनिबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै च्यासलले जारी प्रतियोगितामा चौथो जित निकालेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई जिताउनेक्रममा सन्तबहादुर गुरुङ र सन्जोक राईले १/१ गोल गरे । खेलको ६५औं मिनेटमा सन्तबहादुरले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाएका थिए । ८२औं मिनेटमा सन्जोकले एक गोल थपेपछि च्यासल २–० ले विजयी भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै सन्जोकले पुरस्कारस्वरुप १० हजार रुपैयाँ पाए । जितसँगै च्यासलले ८ खेलबाट १३ अंक जोडदै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज ४ अंकसहित १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed