Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अमेरिका : यौनदुर्व्यवहारको आरोपमा भारतीयलाई ९ वर्ष जेल

Loading

बीबीसी । संयुक्तराज्य अमेरिकाको मिसिगन राज्यस्थित संघीय अदालतले भारतीय नागरिक राममूर्तिलाई यौनदुर्व्यवहारको आरोपमा ९ वर्षको जेल सजाय सुनाएको छ ।  विमानमा यात्रा गर्नेक्रममा आफनो सिटसँगै बसेकी महिलालाई निदाएको बेला यौनदुर्व्यवहार गरेको आरोपमा गत जनवरीमा उनी पक्राउ परेका थिए ।

पीडित महिलाले आफूमाथि भएको यौनदुर्व्यवहारबारे चालकदलका सदस्यहरुलाई जानकारी गराएपछि महिलाको सिट परिवर्तन गरिएको थियो ।

३४ वर्षीय इन्जिनियर राममूर्तिले भने आरोपको अस्वीकार गर्दै महिलाले फसाएको जिकिर गरेका छन् । उनी विमानमा पत्नीसँगै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed