Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रदेशका समस्याको प्रतिवेदन बनाउन गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन, एकसाता भित्र प्रतिवेदन बुझाउने

Loading

काठमाडौं । संघ र प्रदेशबीच देखिएको समस्या, प्रदेश सञ्चालनमा देखिएका समस्या पहिचान गरि प्रतिवेदन तयार पार्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री युवराज खतिवडा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल गठन भएको छ । कार्यदलले एकसाताभित्र प्रतिवेदन पेस गर्नेछ ।

पुस ३ गते एक बजे संघीय सरकारका मन्त्री र मुख्यमन्त्रीको उपस्थितिमा प्रतिवेदन बुझाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed