![]()
काठमाडौं । काठमाडौं किङ्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सुखद् सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आनन्द सुुब्रमुनियम र अमर रौटेलाको ४९ रनको उत्कृष्ट साझेदारी पारीमा १८.५ ओभरमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले पूरा गरेको हो ।
काठमाडौंको जितमा महत्वपूर्ण भूमिका निभाएका आनन्दले १८ बलको सामना गर्दै ४ छक्का र १ चौकाको मद्दतमा ४३ रन बनाए । त्यस्तै, आनन्द सुुब्रमुनियमलाई साथ दिएका रौटेलाले २१ रन बनाए । त्यस्तै, काठमाडौंका ओपनिङ ब्याट्सम्यान सागर पुनले टिमको ब्याटिङ लाइनलाई माथि उकास्दै ३९ रन बनाए भने नरेश बुढा ऐरले २२ र अमित श्रेष्ठले १८ रन बनाए ।
त्यस्तै, काठमाडौंको ४ विकेट लिने क्रममा चितवनका साहव आलमले २ विकेट लिए भने पाउल स्टर्लिङ र ललित भण्डारीले समान एक—एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि पाउल स्टर्लिङले ३४ रन बनाएका थिए भने दीपेन्द्रसिंह ऐरीले ४५ रन र कप्तान पृथु बास्कोटाले २० रन जोडेका थिए । चितवनका लागि सन्दीप सुनारले २५ र जर्ज स्कटले १५ रन बनाएका थिए ।
प्रदिप शाहुुले उत्कृष्ट बलिङ गर्दै ४ ओरभमा २४ रनमात्रै खर्चैर ३ विकेट र सामसद शेखले २. ५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, सागर पुन, केबिन ओ ब्राहिम र अमरसिंह रौटेलाले समान एक—एक विकेट लिए ।


