Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पश्चिमा शक्तिले तराई टुक्राउन खोज्दैछन : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । शनिबार सचिवालयको बैठक बहिस्कार गरेका खनालले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यो सरकार डुब्यो भने नेकपा पनि डुब्ने चेतावनी दिए । उनले सरकारको काम राम्रो नभएकाले पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेता खनालले चुनाव खर्चिलो बन्दै गएको भन्दै समाजवादी समाजवादी बाटोतर्फ लैजान सरकारलाई सुझाव दिए । साथै खनालले राष्ट्रियता कमजोर बन्दै गएको बताए । सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको खनालले बताए । पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेको भन्दै खनालले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताए ।

हिजो मात्रै हाम्रो बैठक रोगीका कारण सर्‍यो रे । एउटा रोगी आएछ । खनालले भने, ‘कहिलेकाँही ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed