Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अमेरिका : ट्रम्पले ह्वाइट हाउसका प्रमुखलाई हटाउँदै

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिफ अफ स्टाफ जोन केलीले यो वर्षको अन्त्यसँगै ह्वाइट हाउसबाट बिदा लिने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ केलीले डिसेम्बरको अन्त्यमा पद छोड्ने जानकारी दिएका हुन् ।

विगत केही दिनदेखि केलीमाथि पद छोड्नका लागि दबाब रहेको खबर आइरहेका थिए । ट्रम्पसँग केलीको सम्बन्ध पछिल्लो समय खराब बनेका खबर पनि आएका थिए । तर राष्ट्रपति ट्रम्पले भने केली उत्कृष्ट व्यक्ति रहेको बताएका छन् । ट्रम्पका अनुसार केलीको ठाउँ लिने व्यक्तिको नाम अबको केही दिनमा घोषणा हुनेछ ।

राष्ट्रपति ट्रम्पले केलीको सेवाका लागि सम्मान रहेको पनि बताएका छन् । केलीले राजीनामा दिएको जस्तो देखिए पनि उनलाई यसका लागि बाध्य पारिएको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed