Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अन्तर प्रदेश परिषद्को  पहिलो बैठक : मुख्यमन्त्रीहरुकाे ब्रिफिङ

Loading

काठमाडौँ । अन्तर प्रदेश परिषद्को  पहिलो बैठकमा मुख्यमन्त्रीहरुकाे ब्रिफिङ सुरु भएको छ । बैठकमा संघीय मन्त्रालयका सचिवहरुले प्रधानमन्त्री लगायत उपस्थित संघीय मन्त्री तथा प्रदेशका मुख्मन्त्रीहरुलाई आफ्नो सम्बन्धित मन्त्रालयका काम कारबाहीबारे ब्रिफिङ गरेपछि मुख्यमन्त्रीहरुको ब्रिफिङ सुरु भएको हो।

संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँडका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो।  प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए।

नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन्। बैठकमा सङ्घीय सरकारका अन्य मन्त्रीहरु पनि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed