Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भ्रष्टाचार गर्दिन भन्नेहरु नै सबैभन्दा बढी भ्रष्ट : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने आफ्नो संकल्प दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको पनि स्पष्ट पारे ।

भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिवद्धता भने शतप्रतिशत कार्यान्वयनमा आएको दावी गरे । भ्रष्टाचार ‘गर्न दिन्न’ भन्ने आफ्नो भनाइ पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले मुलुकमा अझै पनि भ्रष्टाचार भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने कुरामा ढुक्क हुन पनि पटक–पटक आग्रह गरे । उनले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गराउने दृढता पनि पुनः दोहोर्याए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई पनि सचेत गराए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको पनि बताए । बुद्धि भएकाहरुले त्यसको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले नैतिक बन्धन, कर्तव्यको बन्धन भित्र पारेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तराष्ट्रिय समुदाय नै एक ढिक्का हुनुपर्ने आवश्यक्ता औंल्याए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed