Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । सेतो र ७५ फुट लामो यो के हो?

यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन। बलिउड अभिनेत्री प्रियंका चोपडाले  आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो ‘वेडिङ गाउन’ सार्वजनिक गरिन्। प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।

बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो। केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए।

अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्। धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो। र, केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन्।

केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्। प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो। शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्।

ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए। उनी आफैँ पादरी हुन्। तीन दिनसम्म चलेको उनीहरूको विवाहको कार्यक्रममा आइतवार हिन्दू परम्परानुरूप अनुष्ठानहरू गरिएको थियो।

पिपल म्यागजिनसँग कुराकानी गर्दै प्रियंकाले आफ्नो विवाह ‘धार्मिक मिश्रण’ भएको बताएकी छन्। उनले भनिन्, “हामी जुन सुन्दर परम्पराहरूमा हुर्कियौँ तिनलाई आफ्नै तरिकाले सामेल गर्‍यौँ।”

छत्तीस वर्षीया प्रियंका चोपडाले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक भएको केही दिनमै त्यसको पुष्टि गरेकी थिइन्। एउटा अन्तर्वार्तामा उनले दुई जनाबीच सबैभन्दा पहिले सेप्टेम्बर २०१६ मा कुराकानी सुरु भएको बताएकी थिइन्।

मे २०१७ मा ‘मेट गाला’ नामक एक कार्यक्रममा उनीहरू दुवै जनालाई सँगै देखिएको थियो र उनीहरूले राल्फ लोरेनले डिजाइन गरेको लुगा लगाएका थिए। त्यसको एक वर्षपछि नै दुवैको सम्बन्धबारे समाचार आउन थालेको थियो। प्रियंका बलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीमध्ये पर्छिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed