Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इन्डोनेसिया : पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

Loading

बीबीसी । इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

 पृथकतावादीहरुको यो आक्रमणलाई इन्डोनेसियाको सुरक्षा निकायले भीषण आक्रमण भनेको छ। पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो।

नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो। अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन्। एक जना भने त्यहाँबाट भागेका तर उनी हालसम्म वेपत्ता रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed