![]()
काठमाडौं। नेकपाका सांसद विशाल भट्टराईले नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन्। संसदको सार्वजनिक लेखा समितिमा उनले वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै महाप्रबन्ध कंसाकारको राजीनामा माग गरेका हुन्।
नेपाल एयरलाइन्सले खरिद गरेका वाइडबडी जहाजको विषयमा विवाद भइरहेको छ। यसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफूले अनुसन्धान गर्नेसमेत बताउँदै आएका छन्।


