Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

जनकपुरधाम ।  ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सप्ताहव्यापी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम नगरक्षेत्रभित्र झण्डै एक सातासम्मका लागि मदिरा तथा मासुको बिक्री वितरणमा पूर्ण रोक लगाइएको छ। सप्ताहव्यापी रूपमा त्रेतायुगदेखि मनाइँदै आएको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारीअन्तर्गत मंसिर २३ गतेदेखि २७ गतेसम्म मदिरा र मासुको बिक्री वितरणमा रोक लगाइएको हो।

जनकपुरधाम उप–महानगरपालिकामा बुधवार भएको विवाहपञ्चमी महोत्सव तयारी समितिको बैठकबाट पाँच दिनका लागि जनकपुर नगर परिक्रमा क्षेत्रभित्र मदिरा र मासुको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जनकपुरधाम उप–महानगरपालिकाकी उपप्रमुख रीता मिश्र झाले जानकारी दिइन्।

विवाहपञ्चमी महोत्सव समितिको बैठकबाट मंसिर २३ देखि २७ गतेसम्म नगरभित्रमा पूर्णरूपमा मासु र मदिरा बन्द गर्ने, २५ र २६ गते आ–आफ्नो स्तरबाट जनकपुरवासीले घर–घर अगाडि दीप प्रज्वलन गर्ने, दीपावली मनाउने, जानकी मन्दिर पर्ने हरेक बाटोमा वडा कार्यालयमाफर्त् स्वागतद्वार तथा श्रद्धालु भक्तजनका लागि पण्डाल निर्माण गर्ने निर्णय गरिएको उपप्रमुख झाले बताइन्। त्यस्तै विवाहपञ्चमीमा यहाँ साधुसन्त तथा विदेशी पर्यटक आउने भएकोले विश्वका हिन्दु धर्मावलम्बीको धरोहर जानकी मन्दिर वरपर तथा नगरक्षेत्रभित्रमा सुरक्षाको दृष्टिकोणलाई मध्य नगर गर्दै मदिरा तथा मासुको बिक्री वितरणमा रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed