Breaking News.... EverestOnlineKhabar
May 1, 2026

झापा आन्दोलनका योद्धा राम प्रधानलाई राष्ट्रिय शहीद घोषणा गर्न माग, शहीद राम प्रधान स्मृति केन्द्र प्रधानबारे थप अध्ययन र अनुसन्धानमा सक्रिय

Loading

झापा । झापा आन्दोलनमा संलग्न भइ नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरेका शहीद राम प्रधानलाई राष्ट्रिय शहीद घोषणा गर्न माग उठेको छ । प्रधानकै नाममा स्थापित शहीद राम प्रधान स्मृति केन्द्रले उनलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेको हो ।

केन्द्रका अध्यक्ष चिन्तन पाठकले झापा संघर्षसंग जोडिएका अन्य शहीदहरुलाई राष्ट्रिय शहीदकारुपमा घोषणा गरेपनि प्रधान र चन्द्र डाङीको नाम छुटेको जानकारी दिए ।

पाठकका अनुसार २०३० साल कात्तिक ५ गते प्रधानको इलामको शान्तिपुरस्थित जुरे भन्ने ठाउँमा निर्मम हत्या गरिएको थियो । प्रधानको व्यक्तित्व, उनको योगदान र हत्याबारे थप अध्ययन र अनुसन्धान गर्न केन्द्रको टोली केन्द्रीय नेताहरुसहित इ्लाम पुगेको छ।

केन्द्रका अध्यक्ष पाठक तत्कालिन एमालेका जिल्ला अध्यक्ष थिए । उनी एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नेकपाको जिल्ला अध्यक्ष बन्ने लगभग निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed