![]()
सप्तरी । बलात्कारकाे अाराेपमा राजपा नेपालका सप्तरी जिल्ला काेषाध्यक्ष मनाेजकुमार मेहता पक्राउ परेका छन्। कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गरेकाे तथा बलात्कार गरेको आरोपमा मेहता पक्राउ परेका हुन्। छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई बलात्कारकाे आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको हो। राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटक-पटक गरी साढे दश लाख रूपैयाँ ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ।


