![]()
एजेन्सी। ३९ वर्षीय यी बायाँहाते ओपनर ब्याट्सम्यान पछिल्लो तीनबर्ष तनावमा थिए । गेलको तनावको मुख्य कारण सन् २०१५ मा अष्ट्रेलियाको सिड्नीका भएको विश्वकपको घटना थियो । त्यतिवेला उनले एकजना महिला अगाडि कपडा खोलेर यौन दुर्व्यवहार गरेको भन्दै फेयर फ्याक्स मिडियाले समाचार सम्प्रेषण गर्यो ।
विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी ती महिला अगाडि गेलले कपडा खोलेको विषयमा फेयर फ्याक्सले निरन्तर गेलबिरुद्ध समाचार सम्पेषण गरिरह्यो । त्यसपछि गेलले सन् २०१६ मा अष्ट्रेलियाको अदालतमा उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दायर गरे ।
उक्त मुद्दामा अदालतले सोमबार साँझ गेललाई सफाइ दिएको छ । अदालतले गेलको पक्षमा अन्तिम फैसला गर्दै फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपूर्तिको जरिवानमा समेत गरेको छ । उक्त रकम गेलले पाउनेछन् । फेयरफ्याक्स मिडियाले भने अदालतको निर्णयविरुद्ध पुनः अपिल गर्ने बताएको छ ।


