Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एपिएफद्वारा एनआरटी २–१ गोल अन्तरले पराजित, जितसँगै एपीएफ सातौं स्थानमा

Loading

काठमाडौं ।  सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले न्युुरोड टिम एनआरटीलाई २—१ गोल अन्तरले पराजित गरेको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरणको खेलमा एपीएफका लागि युवराज खड्का र सुदिप सिखराकारले गोल गरेपछि एनआरटीविरुद्ध दोस्रो जित हात पारेको हो ।

खेलको सुुरुआतमै युवराज खड्काको गोलमा अग्रता बनाएको एपीएफविरुद्ध एनआरटीका राजेश परियारले खेलको १५ औं मिनेटमा पहिलो गोल फर्काए । तर, खेलको ७३ औं मिनेटमा एनआरटीका असिम गुरुङले डि बक्समा फाउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।

पेनाल्टी प्रहार गर्न आएका सुदिपले बायाँ छेउबाट एनआरटीको पोष्टमा बल छिराएका थिए । जितसँगै एपीएफ ७ अंकसहित सातौं स्थानमा पुगेको छ भने पाँचाैं हार व्यहोरेको एनआरटी पुछारमै रहेको छ । एनअारटीको एक अंकमात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed