Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ ।  मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा  ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् ।

उनको यही परियोजनाले उनलाई उक्त अवार्ड जिताएको हो । यसअघि सन् २०१३ मा नेपालकै ईशानी श्रेष्ठको ‘प्रोजेक्ट स्माइल’ ले ‘ब्युटी विद पर्पस’ जितेको थियो ।
मोब्स्टार नामक मोबाइल एप्लिकेसनमार्फत दिनहुँ लाखौँ भोट पाएका कारण ‘मल्टी मिडिया’ को अवार्ड पनि उनकै पोल्टामा परेको हो । उनलाई भोट गर्न अत्यधिक डाउनलोड गरिएको हँुदा यो एप्लिकेसन गत साता नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed