Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता, रक्षा मन्त्री पोखरेलद्वारा बिदाइ

Loading

काठमाडौँ ।  एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फर्केका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानुन, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

एसिया प्यासिफिक समिटका सिलसिलामा प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आएका थिए । शनिबारदेखि सुरु भएको सम्मेलन मङ्सिर १७ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed