Breaking News.... EverestOnlineKhabar
April 30, 2026

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

Loading

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मानवअधिकारकर्मी,  नागरिक समाजका प्रतिनिधी तथा सर्वसाधारण नागरिक प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनमा सहभागीले तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । सरकारले अपराधीलाई संरक्षण गरेको प्रदर्शनमा सहभागीको आरोप छ ।

प्रदर्शनमा सहभागी विवेकसाझा पार्टीकी रञ्जु दर्शना र नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीकी छोरी मानषु भट्टराईले गृहमन्त्री रामबहादुर थापाले तत्काल राजीनामा दिन माग गरे ।

प्रदर्शनकारीले माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै जुलुस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed