![]()
काठमाडौँ । यसवर्षको एसईई परीक्षा आगामी चैत्र १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सुचना प्रकाशित गरी चैत्र १० गते देखि २१ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाको तालिका प्रकाशित गरेको हो ।
बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा हुनेछ । एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी हुने अनुमान छ । परीक्षाका लागि विद्यार्थीले भरेको फाराम संकलनकै क्रममा रहेकाले केहि दिनमा मात्रै संख्या एकिन हुने बोर्डले जनाएको छ ।


