![]()
एजेन्सी । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्डले समूह ‘ए’ बाट च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित बनाएका छन् ।
एट्लेटिकोले थिएरी अन्रीको संघर्षरत मोनाकोमाथि २–० को जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।
कोकेको डिफ्लेक्डेट सटबाट एट्लेटिकोले दोस्रो मिनेटमै अग्रता लिएको थियो । एट्लेटिको मड्रिडले २४औं मिनेटमा दर्शनीय पारामा गोल गर्दै अग्रता दोब्बर पारे ।
अन्तिम समयमा प्राप्त पेनाल्टीमा मोनाकोका राडामेल फाल्काओ आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्नबाट चुके । स्टेफन साभिचले दोस्रो पहेलो कार्ड दर्शन गर्दै मैदान छोडेपछि एट्लेटिकोले अन्तिम ८ मिनेट १० खेलाडीमा सीमित भएर खेलेको थियो ।
समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले क्लब ब्रुगेसँग गोलरहित बराबरी नतिजा निकाल्दै अघिल्लो चरणको टिकट काट्यो । नतिजापछि १२ अंकका साथ शीर्ष स्थानमा रहेको एट्लेटिको र १० अंकका साथ दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड अघिल्लो चरणलाई छानिँदा ५ अंकका साथ तेस्रो स्थानमा सीमित ब्रुगे र १ अंकका साथ पुछारमा रहेको मोनाको पहिलो चरणबाटै बाहिरिए ।


