![]()
काठमाडौँ । संसदीय सुनवाई विशेष समितिबाट अयोग्य ठहर गरिएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेपछि समिति सदस्य योगेश भट्टराई न्यायपरिषदप्रति रुष्ट देखिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीलाई संसदीय सुनवाई समितिले प्रधानन्यायाधीशका लागि यसअघि नै अयोग्य ठहर गरेको थियो । अयोग्य ठहर गरेका जोशीलाई न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद भट्टराईले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका हुन् । ‘न्यायपरिषदलाई संसदीय सुनुवाई समितिको निर्णय थाहा भएन की ? थाहा पाउन चाहेन ? भट्टराइले लेखेका छन्, ‘लज्जाबोध हुनुपर्ने हो ।’
संसदीय सुनुवाई समितिले अयोग्य ठहर गरेका व्यक्तिलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सांसदहरु असन्तुष्ट बनेका छन् । तर, न्यायपरिषदले सर्वोच्च अदालतका दुई वरिष्ठतम न्यायाधीशको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रचलनका कारण उनको नाम सिफारिस गरिएको जनाएको छ ।


