Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी ।  रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाएको छ । समूह चरण अन्तर्गत भएको खेलमा इटालीयन क्लब रोमालाई हराउँदै रियल मड्रिडले समूह जी को विजेता बन्ने पक्का गरेको हो ।

अवे मैदानमा भएको खेलमा सान्टियागो सोलारीको प्रशिक्षणमा रहेको रियल मड्रिडले रोमालाई २–० ले हराएको हो । दुवै गोल दोस्रो हाफमा भएको हो । रियलका लागि ग्यारेथ बेल र लुकास भाज्क्वेजले गोल गरे । ४७ औँ मिनेटमा बेल र ५९ औँ मिनेटमा भाज्क्वेजले गोल गरेका हुन् ।जितले रियल मड्रिड एक खेल बाँकी हुँदै समूह विजेता बन्ने पक्का भएको हो ।

अन्तिम १६ मा स्थान बनाएको रोमा समूह उपविजेता बन्नेछ । रियल मड्रिडको पाँच खेलबाट १२ तथा रोमाको ९ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed