Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अयोग्य भन्दै संसदीय सुनुवाई समितिबाट अस्वीकृत जोशी पुनः प्रधानन्यायाधीशका लागि सिफारिस, चोलेन्द्र पनि सिफारिसमा

Loading

काठमाडौं । न्याय परिषद्‍ले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका वरिष्ठत् न्यायाधीश दीपकराज जोशीको नाम फेरि भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहेको न्याय परिषद्‍को बैठकले भावी प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाईबाट अस्वीकृत भएका जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषद्‍मा पठाएको हो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १६ देखि अनिवार्य अवकास पाउँदैछन्। प्रधानन्यायाधीशले अवकास लिनु एक महिना अघि नै भावी प्रधानन्यायाधीशको नाम संवैधानिक परिषद्‍लाई सिफारिस गर्नु पर्ने संवैधानिक व्यवस्था छ।

यसअघि संवैधानिक परिषद्‍ले न्यायाधीश जोशीको नाम प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई विशेष समितिमा पठाएपनि उनको नाम अस्वीकृत भएको थियो। जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्‍्ले तत्कालीन वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको थियो। त्यसपछि बसेको सुनुवाई समितिले मिश्रको नाम प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो।

जोशी सार्वजनिक सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपनि न्यायाधीशका रुपमा सर्वोच्च फर्किएर काम थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed